पर्यटन मन्त्रालयले पशुपति सफाइ अभियान प्रारम्भ गर्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सफा पशुपति, स्वच्छ पशुपति भन्ने नाराका साथ तीन महिने ‘पशुपति सफाइ’ अभियान प्रारम्भ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले २७ फागुन शनिबार अभियानको सुरुवात गरिने जानकारी दिए ।
अभियान तीन महिनासम्म प्रत्येक शनिबार बिहान ८ देखि १० बजेसम्म निरन्तर संचालन मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले सफा पशुपति, स्वच्छ पशुपति बनाउने अभियानमा साथ दिन सबैमा आग्रह पनि गरेका छन् ।
‘पशुपति सफाइ अभियान प्रारम्भ हुँदैछ । मेरो नेतृत्वमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका सबै कर्मचारी अनिवार्य उपस्थित हुने यस कार्यक्रममा इच्छुक नागरिक समाज, सामाजिक संघ–संस्था, लेखक, कलाकार, बुद्धिजीवि, पत्रकार, खेलाडी, स्थानीय राजनीतिक दल र दलका भातृ संघ-संगठन र सम्पूर्ण महानुभावहरुमा सहभागिताको लागी हार्दिक अपिल गर्दछु,’ पर्यटनमन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मन्त्री किरातीले ३ महिनाभित्र पशुपतिनाथ क्षेत्रमा फोहरका साथै सबैथरि विकृति–विसंगति अन्त्य गर्ने संकल्प गर्न सबैमा आग्रह गर्दै ‘सफा पशुपति, स्वच्छ पशुपति’ निर्माणमा सहयोग पुर्याउन सबैमा अपिल गरेका छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया