आगलागीमा ५० लाख भन्दा बढीको क्षति

सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ ।
आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरि १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमानन्द चौधरीले जानकारी दिएका छन् ।
साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको स्थानीयले बताए । राजविराज, हनुमाननगर, कंचनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियोे ।
आगलागीमा मानवीय क्षती नभए पनी नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरि ठूलो परिणाममा धनसम्पत्ती जलेर नष्ट भएको छ ।
आगलागीमा क्षतिको विवरण संकलन कार्य भईरहेकोले के–कति क्षति भएको भन्ने एकिन हुन नसकेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ती जलेर नष्ट भएको हुन सक्ने स्थानीयकाे अनुमान छ ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया