पीएनजीविरुद्ध नेपाललाई पहिलो सफलता
मेरोन्यूज
२०७९ फागुन २९ गते ९:४४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत टियु मैदानमा भइरहेको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि तीन ओभर चार बलमा ललित राजवंशीले विकेट लिए ।
टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गरिरहेको छ । कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।
सिरिजको दुई खेलमा सहज जित निकाल्दै नेपालले एकदिवसीय मान्यता जोगाएको छ ।
आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ ।
लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।
सम्बन्धित
















रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया