युरोको भाउ बढ्यो, यस्ताे छ आजकाे विनिमय दर

काठमाडौ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ।
यसअघि आइतबार पनि यसको कारोबार सोही मूल्यमा भएको थियो ।
सोमबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनकाे तुलनामा ७५ पैसाले वृद्धि भएको छ । यसअघि आइतबार युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा तोकिएको छ। आइतबार उक्त पाउण्डको खरिदमूल्य १५६ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १५७ रुपैयाँ ६९ पैसा कायम गरिएको थियो ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९५ रुपैयाँ १४ पैसा काराेबार हुनेछ ।
यस्तै, सोमबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसामा काराेबार हुनेछ ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९८ पैसामा किनबेच हुनेछ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया