सोमबार, माघ १९, २०८२

जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

मेरोन्यूज २०७९ फागुन २९ गते १४:१९

कैलाली। धनगढी उपममहानगरपालिका-३ बोराडाडीस्थित बैतडी दोगडा केदार गाउँपालिका-५ घर भएका ३० वर्षीय विरेन्द्र चन्दको चन्द फास्टफुड होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक चन्द समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार रुपैयाँ र एक गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया