सिभिल अस्पतालले माग्यो ६३ नर्ससहित सय बढी कर्मचारी
मेरोन्यूज
२०७९ फागुन ३० गते १०:११

काठमाडौं । काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालले ६३ नर्ससहित १०० बढी कर्मचारी माग गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै अस्पतालले ६३ नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो ।
अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ । अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १, ६ औं तहका सिष्टर ४, पाँचौ तहका स्टाफ नर्स ५६ र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ ।
अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।
हेरौँ कर्मचारी माग सम्बन्धी सिभिल अस्पतालको सूचना

सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
संसदमा खुश्बु ओलीको प्रश्न : सरकारले कुन आधारमा विदेशी ऋण स्वीकार गर्यो ?
मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवसीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया