रियलमीद्वारा आफ्ना ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’ हरुलाई स्कुटर वितरण

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।
२१ मध्ये ७ वटा स्कुटरहरु गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, “सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरुमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।”
उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।
त्यस्तैगरी जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।









International Volunteer Day today
एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
वडाध्यक्ष थापाको निधन, आज कागेश्वरी मनोहरामा शोक बिदा
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै कर्णाली
प्रतिक्रिया