एकदिवसीय वरीयतामा १६ औँ स्थानमा उक्लियो नेपाल
मेरोन्यूज
२०७९ चैत १ गते ९:२८

काठमाडौँ । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा १६ औं स्थानमा उक्लिएको छ । राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेपछि १९ औं स्थानबाट १६ औँ स्थानमा उक्लिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अपडेट गरेको एकदिवसीयतर्फको वरीयतामा नेपालले नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको हो ।
नेपालले पछिल्ला ११ खेलमा १० जित निकाल्दै तीन स्थान सुधार गरेको हो।
नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।
नयाँ एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा छ । अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ।

सम्बन्धित
















पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया