बिहीबार, चैत १२, २०८२

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबिच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट

मेरोन्यूज २०७९ चैत १ गते १९:५६

काठमाडौ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबिच सम्झौता भएको छ । मनमोहन मेमोरियल अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा.नस्तु प्रसाद शर्मा र नेपालय कलेजका तर्फबाट प्रधानाध्यापक कृष्णप्रसाद डोटेलबिच सम्झौता पत्रमा संयुक्त हस्ताक्षर भएको हो । मंगलबार राजधानीमा एक समारोहबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबिच भएको सम्झौताअनुसार नेपालय कलेजका पदाधिकारी, सदस्य, कर्मचारी, विद्यार्थी, नीजहरुका परिवारका सदस्यहरुको परिचय खुल्ने कागजात (जन्मदर्ता प्रमाणपत्र, नागरिकता, कलेजको परिचय पत्र, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र, राहदानी तथा कलेजको सिफारिसको आधारमा मनमोहन मेमोरियल अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवामा सर्बसुलभ र गुणस्तरिय सेवा प्रदान गर्ने जनाईएको छ ।

सामान्य शैया, ल्याव परिक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा समेत १० प्रतिशत छुट सेवा पाउनेछन् ।

यस्तै ८० वर्षदेखी माथि उमेरका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्ष देखि ७९ वर्षका जेष्ठ नागरिकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो सुविधा इएचएस, अक्सिजन, नेबुलाईजर ओटी, क्याबिन, आईसियु, आउट् सोर्सिङ सेवामा लागु नहुने उल्लेख गरिएको छ ।

कलंकिस्थित नेपालय कलेजमा उच्च मा.वि., विविएस्, विविएम, विएस्सी सीएसआईटी, विसिए तथा एमविएस कार्यक्रमहरु संचालनमा छन् । हाल यस कलेजमा करीव १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन् । नेपालय कलेजले मंगलबार आयोजना गरेकोवार्षिक दिक्षान्त समारोह पनि आयोजना गरेको थियो ।

उक्त समारोहमा नेपालय कलेजमा अध्ययनरत स्नातकोत्तर तह, स्नातक तह र उच्च मावि तह उत्तिर्ण करीव १ हजार २ सय विद्यार्थीहरूकोसहभागीता रहेको थियो ।

प्रतिक्रिया