एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१००० प्रदान गर्ने घोषणा गरेको छ ।
यस बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले त्यसबारेमा जानकारी दिएका हुन् ।
उनले भने, “खेलाडीहरु राष्ट्रका गौरव हुन । खेलाडीको मनोबल उच्चकायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसलाप्रदान गर्ने मनसायले यो कदम चालेका हौँ । “
२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोली हुन गईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ । भोलीको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ । यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।
सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया