बिहीबार, चैत १२, २०८२

कोहलपुरमा कासेली घर सञ्चालन

मेरोन्यूज २०७९ चैत २ गते १२:२३

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा कोसेली घर सञ्चालन भएको छ । कोहलपुर – १५ वडामा उत्पादनमा भएका अर्गानिक वस्तु अन्यत्र पु¥याउन सक्ने गरीे कोसेली घरको व्यवस्था गरिएको प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

“नगरपालिकाका १५ वडामा उत्पादन भएका वस्तुको बिक्रीवितरण र बजारीकरण गर्ने योजना बनाएका छौँ,” उनले भने, “यहाँ भान्सादेखि कपडासम्मका वस्तु पाइने छ ।’ नगरपालिकाले तालिम दिएपछि उत्पादन भएका वस्तु कोसेली घरमा पाउने उनले बताए ।

स्थानीयस्तरमा उत्पादन हुने गरेका वस्तुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनीकरण गर्न कोसेली घर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
“अहिले भारतबाट ल्याइएको तरकारी बजारमा जताततै भएका कारण स्वदेशी उत्पादनले प्राथमिकता पाएका छैनन् । ” उनले भने ।

तर अहिले साना तथा व्यावसायिक रुपमा तरकारी, चामल, खाद्यान्न वस्तु, गेडागुडी, अचार, हस्तकला, टपरीलगायत अन्य विभिन्न प्रकारका स्थानीय उत्पादन भएका वस्तु कोसेली घरमा प्राप्त हुनेछन ।

नगरपालिकाले अनौपचारिक तथा औपचारिक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका बस्तुलाई मायाको चिनोको रुपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्धक निर्देशक शर्माले जानकारी दिए । कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदीले स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्नपर्नेमा जोड दिए । महिलालाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले सीप विकास तालिम दिइरहेको छ,” उनले भने, “तालिम लिएपछि उत्पादन गरेको वस्तु कोसेली घरमार्फत बिक्री वितरण हुने विश्वास भएको छु ।”

वैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गर्दै कोसेली घरको लागि नगरपालिकाले खोलेको ठेक्काबाट सहकारी संस्थाले रु पाँच लाख अनुदान पाएको बताए । अहिले सहकारीले करिब रु आठ लाख लगानी गरेको बताइएको छ ।

प्रतिक्रिया