‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि राहतको घोषणा

मुम्बई, २ चैत । गत मार्च १३ मा भएको ओस्कार अवार्ड २०२३ मा ‘द एलिफेन्ट व्हिस्पर्स’ले ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड जित्यो । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र उसको हेरचाह गर्नेहरुको पक्षमा फैसला लिएको छ ।
सरकारले योजनाअनुसार अब ८ करोड रुपैंयाँ लागतमा कोयम्बटूर चावडीमा अत्याधुनिक सुविधासहितको नयाँ हात्ती शिविर बनाइनेछ । मुख्यमन्त्री एमके स्टालिनले हात्तीको सुरक्षा गर्ने हेरालुलाई मुख्य मन्त्री राहत कोषबाट जनही १ लाख रुपैंयाँ दिने घोषणा गरेका छन् ।
फिल्ममा मुदुमलाई टाइगर रिजर्भका केयरटेकर जोडी बोमन र बेली लिडले प्रमुख भूमिका निभाएका छन् । उनीहरुको अभिनयको सराहना गर्दै तमिलनाडु सरकारले राज्यको २ शिविरको सबै ९१ हात्तीका माउतेलाई मुख्यमन्त्री राहत कोषबाट जनही १ लाख दिन लागिएको हो ।
सरकारले प्रख्यात अन्नामलाई टाइगर रिजर्भमा हात्ती शिविर बनाउनका लागि ५ करोड रुपैंयाँ दिएको छ । सरकारले त्यो रकमले हात्तीलाई संरक्षण गर्ने जनाएको छ ।
फिल्ममा कार्तिकी गोन्जाल्विसको निर्देशन र गुनित मोंगाको निर्माण छ । ३९ मिनेटको यो सर्ट फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया