यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झालले अर्धशतक पुरा गरेका थिए।
खराब मौसमका कारण खेल राेकिएपछि नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियाे ।
यूएईविरुद्द दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले १ विकेट लिए ।
यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गर्दै नेपालले जितेको थियो ।
















पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया