विराटनगरमा बिहानै ६ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर केही स्थानमा अर्को सूचना जारी नभएसम्मका लागि विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।
कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएका जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।
निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।

















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया