गोदावरीमा स्वास्थ्य जीवन बीमा

काठमाडौँ । गोदावरी नगरपालिकाले स्वास्थ्य जीवन बीमा गराउन प्रत्येक वडामा सहयोगी खटाउने भएको छ ।
गोदावरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले सामाजिक सुरक्षाअन्तर्गत सबै नागरिकलाई बीमा सुविधा उपलब्ध गराउने जानकारी दिए ।
उनले भने, “सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गरेका नागरिकले सुविधा लिन सक्छन् ।” उनका अनुसार यस नागरपालिकाको बज्रबाराही चापागाउँ अस्पताल, लेले प्राथमिक स्वास्थ्य केन्द्र, बाँडेगाउँ स्वास्थ्यचौकीमा बहिरङ्ग, आकस्मिक, प्रयोगशालाबाट सामान्य सर्जरीलगायतका उपचार गराउन सक्ने छन् ।
तोकिएको अस्पतालमा उपचार हुन सकेन भने डाक्टरले पठाएको अस्पतालमा उपचार हुन्छ । नागरिकले नियमानुसार पाउने स्वास्थ्य बीमाबाट फाइदा पाइने थापाले बताए ।
गोदावरी नगरपालिका १ का अध्यक्ष श्रीराज थापाले भने, “स्वास्थ्य जीवन बीमा कार्यक्रम यही चैत महिनादेखि सुरु गरिएको छ ।” स्वास्थ्य जीवन बीमा गर्दा लाग्ने शुल्क तीन हजार पाँच सयमा पाँच जना परिवारलाई उपचार गराउन सकिन्छ । ज्येष्ठ नागरिक, अपाङ्गता, एकललाई बीमा निःशुल्क गरिन्छ ।
अध्यक्ष थापाले बीमा गरेमा घरको आर्थिक भार कम हुने, गरिबी घट्ने, स्वास्थ्योपचारका लागि ऋण खोजीराख्न नपर्ने, आत्मबल बढ्नुका साथै व्यवहारमा सकारात्मक सोच आउने विश्वास व्यक्त गरे ।
















रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया