आइतबार, चैत १५, २०८२

सेयर बजार दोहोरो अंकले गिरावट

मेरोन्यूज २०७९ चैत ९ गते १५:४९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ । बुधबार पनि सेयर बजार घटेको थियो ।

बिहीबार नेप्सेमा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारको आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । यसको २१ करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी सिद्धार्थ बैंकको आठ करोड ३५ लाखभन्दा रुपैयाँको कारोबार भएको छ ।

बिहीबार सबै उपसूचकमा ओरालो लागेको छ । आजको मायाखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतको सेयर कारोबार भएको छ । यी कम्पनीहरूले सर्वाधिक कमाएका छन् । 
 

प्रतिक्रिया