महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ ।
गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए ।
पालिकाभित्रका महिला स्वास्थ्य स्वयंविकालाई सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौलागाईंले भने, “गाउँपालिकाको वडा नं १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबार मोबाइल वितरण गरिएको छ ।”
गाउँपालिकाका बाँकी वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि मोबाइल वितरण गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको छ ।
हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष चौलागाईंको भनाइ छ ।
महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकामा यहाँका महिलालाई राहत पुगेको बताइन् । स्वास्थ्य स्वयंसेविका मोतीपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनका विषयमा ध्यान दिन आवश्यक रहेको जानकारी दिइन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको छ । सङ्घीय सरकारले बर्सेनि पोशाकसहित २२ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया