क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हरायो अफगानिस्तानले

काठमाडौँ । ट्वान्टी–२० क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हराएको छ । तीन खेलको सिरिज अफगानिस्तानले एक खेल अगावै जितेको छ।
शुक्रबार क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको अफगानिस्तानले आइतबार दोस्रो खेलमा ७ विकेटले हराउँदै ३ खेलको सिरिज २–० ले जितेर इतिहास रचेको छ।
शारजहामा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानले दिएको १३१ रनको मध्यम लक्ष्य अफगानिस्तानले एक बल बाँकी छँदै ३ विकेटको क्षतिमा पुरा ग¥यो ।
अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले ४४, इब्राहिम जद्रानले ३८, नाजिबउल्लाह जद्रानले २३ तथा १४ रन बनाए।
पाकिस्तानका लागि जमान खान र इहसानुल्लाहले १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो। इमाद वासिमले सर्वाधिक ६४ रन बनाए। सादव खानले ३२ रन जोडे ।
अफागानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उलहक, रासिद खान र करम जननतले १–१ विकेट लिए।
पाकिस्तानविरुद्ध कुनै पनि खेलमा अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया