क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हरायो अफगानिस्तानले

काठमाडौँ । ट्वान्टी–२० क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हराएको छ । तीन खेलको सिरिज अफगानिस्तानले एक खेल अगावै जितेको छ।
शुक्रबार क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको अफगानिस्तानले आइतबार दोस्रो खेलमा ७ विकेटले हराउँदै ३ खेलको सिरिज २–० ले जितेर इतिहास रचेको छ।
शारजहामा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानले दिएको १३१ रनको मध्यम लक्ष्य अफगानिस्तानले एक बल बाँकी छँदै ३ विकेटको क्षतिमा पुरा ग¥यो ।
अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले ४४, इब्राहिम जद्रानले ३८, नाजिबउल्लाह जद्रानले २३ तथा १४ रन बनाए।
पाकिस्तानका लागि जमान खान र इहसानुल्लाहले १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो। इमाद वासिमले सर्वाधिक ६४ रन बनाए। सादव खानले ३२ रन जोडे ।
अफागानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उलहक, रासिद खान र करम जननतले १–१ विकेट लिए।
पाकिस्तानविरुद्ध कुनै पनि खेलमा अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो।








आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रतिक्रिया