शुक्रबार, चैत १३, २०८२

ग्लोबल आइएमई लघुवित्तको नगद लाभांश शेयरधनीको खातामा

मेरोन्यूज २०७९ चैत १३ गते ११:२९
This image has an empty alt attribute; its file name is global-ime-laghubitta.webp

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । गत फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुरु गरेकाले आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्नुसमेत कम्पनीले आग्रह गरेको छ ।

नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ । बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूचिकृत भएपछि मात्र वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया