प्रियंकाले खुलाइन् बलिउड छोड्नुको कारण

काठमाडाैं । अभिनेत्री प्रियंका चोपडाले बलिउड छोड्ने निर्णयबारे मौनता तोडेकी छन्। हालै ड्याक्स शेफर्डको पोडकास्ट शोमा प्रियंकाले करियरको चरम बिन्दुमा पुगेपछी बलिउड उद्योग छोडेर गायन तर्फ लागेको बताइन् । बलिउडमा आफूले चाहेको काम नपाएको र त्यहाकाे राजनीतिबाट आफु निराश भएको उनले बताइन् ।
अभिनेत्री प्रियंकाले ‘म्युजिक लेबल देसी हिट्स’की अञ्जली आचार्यले अमेरिकामा संगीत करियर बनाउनका लागि अफर गरेको बताइन् । बलिउडबाट भाग्ने बाटो खाजिरहेकी उनले यो अफरलाई तुरुन्तै स्वीकारिन् ।
प्रियंकाले भनिन्– ‘मलाई वलिउडको एक कुनामा धकेलिएको थियो। कसैले मलाई कास्ट गरिरहेकाका थिएनन्। म वलिउडको राजनीतिबाट थाकिसकेकी थिएँ।’
अमेरिका गएर सांगीतिक क्षेत्रमा काम गर्ने मौका पाएकी प्रियंकाले संगीतकै कारण विश्वका विभिन्न ठाउँ घुम्ने मौका पाइन् ।
उनले सन् २०१२ मा संगीत करियर सुरु गरिन्। प्रियंकाको पहिलो गीत ‘इन माई सिटी’ थियो, यसबाहेक उनले ‘एक्सोटिक’, ‘आइ कान्ट मेक यु लभ मी’ जस्ता गीत गाएकी थिइन् । उनले सन् २०१५ मा रिलिज भएको फिल्म ‘मेरी कोम’मा आफ्नो पहिलो बलिउड गीत गाइन् ।
तर, संगीत क्षेत्रमा उनको करियरले गति लिन सकेन । यसै क्रममा प्रियंकाले आफ्नो अभिनय राम्रो भएको महसुस गरिन् । अन्य कयौंले पनि उनलाई अभिनयमा लाग्न सुझाव दिए ।
उनले करिब ५३ बलिउड फिल्ममा काम गरिसकेकी छिन्। जसमा बर्फी, बाजीराव-मस्तानी, दोस्ताना, क्रिस र डन २ जस्ता फिल्महरू पर्छन्। उनको अन्तिम बलिउड फिल्म २०१९ मा ‘द स्काई इज पिंक थियो, जसले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। तर, २०१५ देखि प्रियंका बलिउडमा खासै सक्रिय छैनन् । उनी अहिले हलिउड फिल्म र अन्तर्राष्ट्रिय शोहरूमा आफ्नो छाप छोडिरहेकी छन्।
प्रियंकाले सन् २०१५ मा क्वान्टिको शोबाट हलिउडमा डेब्यु गरेकी थिइन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया