शुक्रबार, चैत १३, २०८२

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

मेरोन्यूज २०७९ चैत १५ गते १३:३५

काठमाडौं। प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले यहि चैत २१ गते संस्थापक सेयर लिलामी प्रक्रियामार्फत्सेयर बिक्रीमा ल्याउने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

लिलामीमा राखिएको सेयरका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। कम्पनीका अनुसार लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। तसर्थ आवेदन दिन न्यूनतम मूल्य वा सो भन्दा बढी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ।

उक्त सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघ(संस्थाले पनि खरिद तथा आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यही चैत २९ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्ने हुन्छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित् कार्यालयमा आवेदन पेशगर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया