मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो ।
मिटर ब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।
महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्ण रूपमा मिनाहा गर्न माग गरे । उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासङ्घले आग्रह गरेको छ ।
ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटर ब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासङ्घको माग छ ।
महाङ्घले मिटर ब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्न माग गरेको छ ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया