भारतमा मन्दिर भत्किँदा कम्तीमा आठ जनाको मृत्यु
काठमाडौँ । भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।
घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । मध्य शहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्ने गरी खनिएको इनारमा उनीहरू फसेका थिए ।
घटनाको पुष्टि गर्दै प्रहरी अधिकारी मनिष कपुरियाले एएफपीसँग भने, “हामीले आठ जनाको मृत शरिर फेला पारेका छौं र करिब एक दर्जनको उद्धार गरेका छौं ।”
टेलिभिजन फुटेजमा आपतकालिन कामदारले डोरी र भर्याङको प्रयोग गरेर मध्य प्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पुर्याएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।
हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया