अजय देवगनको ‘भोला’ले पहिलो दिनमा कमायाे ११.२० करोड

काठमाडाैं । अजय देवगनको एक्शन थ्रिलर फिल्म ‘भोला’ले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन ११ करोड २० करोड भारु कमाएको हो । यो सँगै भोला २०२३ को तेस्रो उत्कृष्ट ओपनिङ फिल्म बनेको छ । यसअघि ‘पठान’ र ‘तू झुठी मै मक्कर’ ले राम्रो ओपनिङ गरेका थिए ।
सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान गरिएको छ । ‘भोला’ २०१९ को सुपरहिट तमिल फिल्म कैथीको आधिकारिक हिन्दी रिमेक हो। फिल्मको बजेट करिब १०० करोड रहेको बताइएको छ ।
नयाँ वर्ष (२०२३) सुरु भएको तीन महिना बितिसकेको छ । मार्च सकिनलाग्दासम्म तीनवटा हिन्दी फिल्मले मात्र पहिलो दिन १० करोडभन्दा बढी कलेक्सन गरेका छन् । शाहरुख खानको फिल्म ‘पठान’ले भारत इतिहासकै सबैभन्दा ठूलो ्५५ करोड भारुको ओपनिङ गरेको थियो ।
यस्तै, रणबीर कपूर स्टारर फिल्म ‘तू झुठी मैं मक्कर’ १५.७३ करोड कमाएर वर्षको दोस्रो सर्वाधिक ओपनर बनेको छ । भोला पनि यो सूचीमा तेस्रो नम्बरमा परेको छ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया