शुक्रबार, चैत १३, २०८२

आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०७९ चैत २१ गते १०:५२

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ। बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८८ पैसा र बिक्री दर १४३ रूपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ५४ पैसा र बिक्री दर १६३ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया