शुक्रबार, चैत १३, २०८२

आज फेरी बढ्यो सुनको मुल्य, यस्तो छ बजार भाउ

मेरोन्यूज २०७९ चैत २१ गते ११:०९

काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार तेजावी सुनको भाउ पनि प्रतितोला हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया