ए डिभिजन लिगः सातदोबाटोलाई हराउँदै जावलाखेल शिर्ष स्थानमा

काठमाडौं । जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।
जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका थिए । त्यस्तै सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए ।
जारी लिगमा जावलाखेलको छैटौं खेलमा चौंथो जित हो भने सातदोबाटोको यो दोस्रो हार हो । यो जितपछि जावलाखेलको ६ खेलमा १३ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी सातदोबाटोको ६ खेलमा १२ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आजै च्यासल मैदानमा सम्पन्न अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।
चर्च ब्वाइजका लागि आशिष चौधरी र कप्तान अनन्त तामाङले एक एक गोल गरेका थिए भने एनआरटीका लागि रोशन खड्गी र सरोज तामाङले एक एक गोल गरेका थिए ।
यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ भने चर्च ब्वाइजको ६ खेलमा १२ अंक भएको छ ।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया