आईपीएलमा गुजरातको लगातार दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै गुजरात दोस्रो जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातले त्यो लक्ष्य ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो ।
टस हारेर ब्याटिङ गरेको दिल्ली क्यापिटल्सलाई २९ रनमा पहिलो विकेट गुमाएको थियो । दिल्लीका ओपनर पृथ्वी शा ७, मिचेल मार्स ४, कप्तान डेभिड वार्नर ३७, अभिषेक पोरेल २०, सर्फराज खानले ३० र अक्षर पटेलले ३६ रन बनाए । गुजरात टाइटन्सका लागि मोहम्मद सामी र राशिद खानले ३–३ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सलाई २२ रन बनाउँदा पहिलो झटका लाग्यो । ऋद्धिमान शा तेस्रो ओभरमा १४ रन बनाएर आउट भए । शुभमन गिल १४, कप्तान हार्दिक पाण्ड्या ५, साई सुदर्शन ६२ र विजय शंकर २९ रन बनाए । दिल्लकिा एनरिच नोर्ट्जेले २ विकेट लिए ।








आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
प्रतिक्रिया