आईपीएलमा केकेआरसंग आरसीबी ८१ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । गयराति भएको खेलमा केकेआरले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ८१ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । जवाफमा आरसीबीले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिला व्याटिङ गरेको केकेआरका लागि ओपनर रहमानुल्लाह गुरबाजले ६ चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । शार्दुल ठाकुरले सिजनको सबैभन्दा छिटो २० बलमा अर्धशतक बनाए । शार्दुलले २९ बलमा ९ चौका र तीन छक्कासहित ६८ रन बनाए । रिंकु सिंहले ४६ रन बनाए । आरसीबीका लागि डेभिड विली र कर्ण शर्माले २–२ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा आरसीवीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । आरसीवीका विराट कोहली २१, फाफ डब्ल्यू सिस २३, ग्लेन म्याक्सवेल ५, माइकल ब्रेसवेल १९, डेभिल विली २० र आकाश दीपले १७ रन बनाए ।
कोलकाता नाइट राइडर्सका लागि वरुण चक्रवर्तीले चार, सुयश शर्माले तीन र सुनिल नारायणले दुई विकेट लिए । केकेआरले जारी आईपीएलमा पहिलो जित दर्ता गरेको हो भने आरसीबीको यो पहिलो हार हो ।









विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
प्रतिक्रिया