आईपीएलमा चेन्नाईसँग मुम्बई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ । चेन्नाईले भने लगातार दोस्रो जित निकालेको छ । चेन्नाईले शनिबार भएको खेलमा मुम्बईलाई सात विकेटले हराएको हो ।
वान्खडे रंगशालामा भएको खेलमा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
चेन्नाईको जितमा अजिन्क्या रहानेले २७ बलमा सात चौका र तीन छक्कासहित ६१ रन बनाए । रितुराज गाइकवाडले ४०, सिवम दुबेले २८ र अम्बती रायडुले २० रन बनाए ।
मुम्बईका कुमार कार्तिकेय, पीयूष चावला र जासन बेह्रेन्डोफले एक÷एक विकेट लिए ।
त्यसअघि मुम्बईका इसान किसनले ३२, टिम डेविडले ३१, तिलक वर्माले २२ कप्तान रोहित शर्माले २१, रितिक सोकिनले १८ र क्यामरुन ग्रीनले १२ रन बनाएका थिए ।
चेन्नाईका रविन्द्र जडेजाले तीन, मिचेल स्यान्टनर र तुसार देशपान्डेले दुई, दुई र सिसान्डा मगलाले एक विकेट लिए ।
जितसंगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया