सानिमा मिडिलको आइपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल टिएएमओआर रहेको छ ।
अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछन् । कम्पनीले सूचिकरण पछि दिने आरटिएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हुने जनाएको छ ।
नप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९८ रुपैयाँ ४३ पैसा देखि अधिकतम २९५ रुपैयाँ २९ पैसासम्मको मूल्य रेञ्ज कायम गरेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ ।
कम्पनीले स्थानिय बासिन्दका लागि निष्काशन गरेको ३३ लाख ३२ हजार ५ सय कित्ता, कम्पनीका कर्मचारीहरुको लागि वितरण गरेको १६ लाख ६६ हजार २५० कित्ता,सर्वसाधारणको लागि निष्काशन गरेको ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५ सय कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचिकृत गरेको हो ।
















डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया