युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तोकिएको छ। आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा कायम भएको छ ।
सोमबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।
त्यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ९१ पैसा कायम गरिएकाे छ।
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया