आइतबार, वैशाख २७, २०८३

चुम्बन गरेको तीव्र आलोचनापछि दलाई लामाले मागे माफी

मेरोन्यूज २०७९ चैत २७ गते १४:५४

काठमाडाैं । तिब्बती धर्म गुरु दलाई लामाले बालकलाई चुम्बन गरेकोमा माफी मागेका छन् । केहिदिन अघि लामाले एक बालकलाइ चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि तीव्र आलोचना हुन थालेको थियो ।

Advertisement
NiccNicc

उक्त भिडियोमा आशीर्वाद लिन आएका एक बालकलाई लामाले अंगालो हाल्छन् र ओठमा चुम्बन गछर्न। त्यसपछि उनले जिब्रो बाहिर निकाल्दै , ‘के तिमी मेराे जिब्रोलाई चुस्छौ’ भनि सोध्छन् ।

लामाको उक्त व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै चर्को आलोचना भएको थियो । तीव्र आलोचना भएपछि सोमबार उनले माफी मागेका हुन्।

उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो शब्दले बालक वा परिवारको भावनामा चोट पुगेको भए माफी मागेको बताएका छन् ।

लामाले प्रायः सार्वजनिक रूपमा र क्यामेराको अगाडि भेट्ने मानिसहरूलाई रमाइलो तरिकाले जिस्काउँने गरेकाे बताएका छन्। उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया