सोमबार, मंसिर १५, २०८२

ए डिभिजन लिगः चर्च ब्वाइज र एपीएफ क्लब बराबरीमा रोकिए

मेरोन्यूज २०७९ चैत २७ गते १६:२३


काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लब बराबरी खेलेका छन् ।

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज र एपीएफ गोलरहित बराबरीमा रोकिएका हुन् ।

यो बराबरीपछि दुवैले एक एक अंक बाडेका छन् ।

यो खेलपछि चर्च ब्वाइजको ७ खेलमा १३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै एपीएफ क्लबको ७ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया