विश्वकै महँगो नम्बर प्लेट १९६ करोडमा बिक्री

नम्बर प्लेट गाडीको विशिष्ट पहिचान हो। कयाैंले भिआईपी नम्बरका लागि पनि कराेडाैं पैसा खर्च गर्ने गर्छन् । दुबईमा एउटा कारको नम्बर ५.५ कराेड दिराममा लिलामी बिक्री भएको छ । एक व्यक्तिले ‘P7’ नम्बर प्लेटका लागि ५.५ कराेड दिराम खर्च गरेका हुन् । यो विश्वकाे सबैभन्दा महँगो नम्बर प्लेट भएकाले ‘गिनिज बुक वल्र्ड रेकर्ड’मा पनि नाम दर्ता गराएको छ । तर, खरिदकर्ताको पहिचान भने खुलाइएको छैन ।
नम्बर प्लेटको प्रारम्भिक बोली १ कराेड पचास लाख दिराम थियो, जुन केही सेकेण्डमै बढेर ३ कराेड दिराममा पुगेको थियो । बिडिङ अन्ततः ३.५ मिलियनमा रोकियो, र त्यसपछि अर्को बोली पछ्याइयो, जसले नम्बर प्लेटको मूल्य ५.५ मिलियन दिराममा ल्यायो। दुई अक्षरको यो नम्बर प्लेटलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा यसको मूल्य १९६ करोड भन्दामाथि पुग्छ, जसले गर्दा यो वर्ष विश्वकै सबैभन्दा महँगो नम्बर प्लेट भएको छ । यसअघिको कीर्तिमान बुगाटी कारका मालिकको नाममा थियो, जसले १३२ करोड भारुमा ‘F1’ नम्बर प्लेट किनेका थिए।
‘मोस्ट नोबल नम्बर्स’ भनिने यो परोपकारी लिलामी यहाँ हरेक वर्ष आयोजना गरिन्छ। यसमा विश्वभर भोकमरी हटाउन कोष जुटाइन्छ । यसका संस्थापक युएईका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतौम हुन्।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया