बैंकको साँवा नतिर्ने भन्ने सवाल हुन सक्दैन : मन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कर्जा तिर्दैनौं भन्ने विषय हुन नसक्ने बताएका हुन् ।
‘म यो मञ्चबाट भन्न चाहन्छु कि अहिले अप्ठेरो पर्यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो,’ मन्त्री महतले भने, ‘समय चाहियो त्यो हुन सक्ला, तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ ।’
ब्याजदरका विषय वा मौद्रिक नीतिमा टाइट गरिएका अन्य विषयलाई खुकुलो बनाउने सन्दर्भमा सरकारले राष्ट्र बैंकसँग परामर्श गरिरहेको उनको भनाइ थियो । उनले चाँडै नै लगानीका समस्या हल गरेर अर्थतन्त्र चलायमान गराउने दिशामा सरकार केन्द्रित रहेको बताए ।
‘ऋण लिएकाले सहज रुपमा फिर्ता गर्न सक्ने वातावरण बनाउनु हाम्रो कोसिस हुन्छ,’ मन्त्री महतले भने, ‘घर जग्गामा देखिएको मन्दी, निर्माण क्षेत्रमा देखिएको मन्दी कम गरेर समग्र अर्थतन्त्र चलायमान अर्थतन्त्र बनाउनका लागि केन्द्रित हुनेछौँ ।’
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया