आईपीएलमा मुम्बइको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बइ इन्डियन्सले पहिलो जित निकालेको छ । मंगलबार दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा पराजित गर्दै मुम्बईले ३ खेलबाट २ अंक जोडेको छ । घरेलु मैदान अरुन
जेट्ली स्टेडियममा ६ विकेटले पराजित भएको दिल्लीले लगातार चौथो हार बेहोर्दै जारी सिजनको जितविहीन यात्रालाई रोक्न सकेन ।
दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बइले अन्तिम बलमा पूरा गरेको हो । अन्तिम ओभरमा जितका लागि पाँच रन मात्र आवश्यक रहेका बेला दिल्लीका एनरिक नोर्कियाले सुरुको पाँच बलमा ३ रनमात्र दिएपछि मुम्बइलाई खेल जित्न अन्तिम बलमा २ रन चाहियो । जसमा टिम डेविडले दुई रन लिंदै मुम्बइलाई जित दिलाए ।
मुम्बईका लागि टिमले १३, कप्तान रोहित शर्माले ६५, तिकल बर्माले ४१ र इशान किसनले ३१ र क्यामरुन ग्रीनले १७ रन बनाए ।
दिल्लीका मुकेश कुमारले २ तथा मुस्तापिजर रहमानले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २ बल बाँकी छँदा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । दिल्लीका लागि अक्षर पटेललले २५ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ५४ रन र कप्तान डेविड वार्नर ४७ बलमा ५१ रन बनाए । मनिस पाण्डेले २६ रन बनाए ।
मुम्बइका जासोन बेहरनडोर्फ र पियुष चावलाले ३३ तथा राइले मेरेडिथले २ विकेट लिए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया