बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जनाले हाम फालेर ज्यान बचाए

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ भने जिपमा सवार ५ जनाले भने हाम फालेर ज्यान जोगाएका छन् ।
जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका– ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
दुर्घटनाको समयमा जिपमा १२ जना रहेकोमा ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जीप सडकबाट खस्ने क्रममा हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट शव ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
उकालो सडकमा गुडीरहेको जीप एक्कासी पछाडी आएको र भिरमा खसेको जीपमा सवार जङ्गी बोहराले बताए।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया