शुक्रबार, चैत १३, २०८२

वैशाखदेखि निक्षेपको ब्याजदर ९.९ प्रतिशत कायम गर्ने बैंकर्स संघकाे निर्णय

मेरोन्यूज २०७९ चैत २९ गते ११:३६

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको व्याजदर घटाउने निर्णय गरेको छ । बाणिज्य बैंकको छाता संघठन बैंकर्स संघले सर्वसाधारण निक्षेप ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हाे ।

सर्वसाधारण निक्षेप सँगै संस्थागत निक्षेप पनि ७.९९ प्रतिशतमा झरेको छ । यस सँगै बीमा कम्पनीहरुको निक्षेप पनि ७.९९ प्रतिशतमा झरेको हो ।

यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएकाे बताइएकाे छ ।

उद्योगी व्यवसायीहरुले बैंक व्याजदर चर्क भएको भन्दै चर्को विरोध गरेपछि नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर बैंकको व्याजदर बजारले तय गर्ने तर यसका लागि नेपाल सरकार सँग छलफल भइरहेको बताएको थियो ।

प्रतिक्रिया