रियल मड्रिडले हरायो चेल्सीलाई
मेरोन्यूज
२०७९ चैत ३० गते ६:५८

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरेका थिए । चेल्सीका बेन चिलवेलले खेलमा रातो कार्ड पाएका थिए ।
खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटियो । त्यसपछि असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे ।
अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।
सम्बन्धित
















वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया