उद्योग वाणिज्य महासंघको चुनाव
५ सय मत गणना हुँदा वरिष्ठ उपाध्यक्षमा उमेशलाललाई पछि पाँदै रामचन्द्र लागे अगाडी
उमेशलाल श्रेष्ठले १५६, अञ्जन श्रेष्ठले १६१ र रामचन्द्र संघाईले १७५ मत पाएका छन्

काठमाडौं । उद्योगी ब्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा मतगणना जारी छ । जिल्ला नगर, एशोसिएट र वस्तुगत समुहको निर्वाचन परिणामपछि वरिष्ठ उपाध्यक्षका लागि अहिले मतगणना जारी छ । जारी मतगणनामा रामचन्न्द्र संघाई अगाडी देखिएका छन् ।
५०० मत गणना हुँदा ३ सय मतगणना हुँदाको सवैभन्दा अगाडी देखिएका उमेशलाल सवैभन्दा पछाडी परेका छन् ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन्।
त्यस्तै पारम्भिक मत परिणाममा रामचन्द्र संघाईले १७५ मत सहित अगाडी छन् । दोस्रोमा अन्जन श्रेष्ठ छन् । उनले १६१ मत पाएका छन् । तेस्रोमा झरेका उमेशलाल श्रेष्ठले १५६ मत पाएका छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।
निर्वाचन जित्नका लागि जुनकुनै उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । ५० प्रतिशत मत कटाउन नसकेमा बढी मत पाउने दुई प्रतिस्पर्धीका बीचमा फेरि मतदान हुनेछ ।
३०० को पारम्भिक मत परिणाममा तीनै जना उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । यसले फेरि दोहोरयाएर मतदान हुने पारम्भिक संकेत देखा परेको छ ।
















मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया