सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदनलगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक के.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन प्रस्तावसमेत पारित भएको छ ।
साधारण सभामा संचालक नीतु क्यालको स्वागत मन्तव्य, संचालक नारायण रुगटाबाट शुभकामना मन्तव्य र संचालक सदस्य किरण के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए । उक्त साधारण सभा कम्पनी सचिव विवेक खरेलले संचालन गरेका थिए ।
















पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया