सोमबार, मंसिर १५, २०८२

आईपीएल : गुजरातले पञ्जाबलाई ६ विकेटले हराउँदै तेस्रोमा उक्लियो

मेरोन्यूज २०८० वैशाख १ गते ७:१९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

साविक विजेता गुजरातले बिहीबार भएको खेलमा तेस्रो जित निकालेपछि तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्ससँग समान अंक भए पनि रनरेटमा गुजरात पछि छ ।

पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्का मदतमा ६७ रन बनाए । ऋद्मन शाहले ३०, साई सुदर्शनले १९ र डेविड मिलरले १७ रन बनाए ।

बलिङमा पञ्जाबका अर्शदिप सिंह, कागिसो रबाडा, हरप्रित ब्रार र साम करनले समान १–१ विकेट लिए ।

त्यसअघि मोहालीस्थित घरेलु मैदान आईएस बिन्द्र मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

पञ्जाबका लागि म्याथ्यु सर्टले ३६, जितेश शर्माले २५ तथा साम करन र साहरुख खानले समान २२, र भानुका राजापाक्षले २० रन जोडे ।

गुजरातका लागि मोहित शर्माले २, मोहम्मद शामी, जोस लिटिल, अल्जारी जोसेफ र रासिद खानले समान १–१ विकेट लिए ।

प्रतिक्रिया