आईपीएल : गुजरातले पञ्जाबलाई ६ विकेटले हराउँदै तेस्रोमा उक्लियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
साविक विजेता गुजरातले बिहीबार भएको खेलमा तेस्रो जित निकालेपछि तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्ससँग समान अंक भए पनि रनरेटमा गुजरात पछि छ ।
पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्का मदतमा ६७ रन बनाए । ऋद्मन शाहले ३०, साई सुदर्शनले १९ र डेविड मिलरले १७ रन बनाए ।
बलिङमा पञ्जाबका अर्शदिप सिंह, कागिसो रबाडा, हरप्रित ब्रार र साम करनले समान १–१ विकेट लिए ।
त्यसअघि मोहालीस्थित घरेलु मैदान आईएस बिन्द्र मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
पञ्जाबका लागि म्याथ्यु सर्टले ३६, जितेश शर्माले २५ तथा साम करन र साहरुख खानले समान २२, र भानुका राजापाक्षले २० रन जोडे ।
गुजरातका लागि मोहित शर्माले २, मोहम्मद शामी, जोस लिटिल, अल्जारी जोसेफ र रासिद खानले समान १–१ विकेट लिए ।
















कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया