रौतहटमा गोली लागेर एक जनाको मृत्यु, पाँच जना पक्राउ
मेरोन्यूज
२०८० वैशाख २ गते १८:२१

रौतहट । जिल्लाको गढीमाई नगरपालिकामा गोली चलेको छ । घटनामा एक जनाको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका ८ धोबिनियामा जग्गासम्बन्धी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । सोही क्रममा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो । गोली कसले चलायो भन्ने खुलेको छैन ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
प्रतिक्रिया