मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

काठमाडौँ । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन् ।
स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भएको बताउँदै आइएको छ ।
लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरे । उनले भने, “यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने, “यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं ।”
यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ । “बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं । यदि हामीले त्यसो गर्यौ भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,” उनले भने ।
















अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया