अश्लिल गित किन बनाएको भनि साेध्दा हनी सिंहले भने- त्यसो भए विवाहमा किन बोलाउँछाै ?

भारतीय गायक हनी सिंहका गीतका शब्दलाई लिएर निकै आलोचना भइरहेकाे छ । उनका गीतले नकरात्मकतालाई बढावा दिएको आरोप पटकपटक लाग्ने गरेको छ । आफ्नो नयाँ एल्बम लिएर जनतालाई मनोरञ्जन दिन आएका हनीलाई यसबारे सोध्दा उनले आफूले जानाजानी कहिल्यै त्यस्तो नगरेको बताए ।
भारतीय मिडिया पिंकभिलासँग कुरा गर्दै हनीले आफ्ना गीतको ‘भद्दा लिरिक्स’ बारे जवाफ दिएका छन्। उनले भने, ‘मैले जानाजानी यस्तो लेखेको हाेइन । मेरा गित नराम्रा हुन् भने मानिसहरू किन सुन्छन् ? यदि मेरो गीतमा अश्लिल छ भने मलाई किन छोरीको बिहेमा प्रस्तुति दिन बोलाउँछन् ?’ उनले प्रश्न गरेका छन् ।
हनीले आफ्नो कुरा राख्दै ‘करण अर्जुन’को ‘मुझको राना जी माफ कर्ना’ गीत पनि भद्दा भएकाे उल्लेख गरेकी छन् । तर त्यतिबेला यो गीतप्रति जनताको कुनै आपत्ति नभएको उनले बताए । हनीले भने, ‘मानिस जति धेरै पढ्दैछन्, त्यति नै संवेदनशील भएका छन् । उनीहरुले गलत बुझिरहेका छन् । पहिलेका मानिस धेरै बौद्धिक थिए, बौद्धिक हुनु र शिक्षित हुनुमा फरक छ।’
हनीले आफ्नो शारीरिक र मानसिक अस्वास्थ्यताका कारण सन् २०१५ देखि संगितबाट ब्रेक लिएका थिए। तर बिस्तारै उनी संगीतमा फर्किएका छन् । छिट्टै नै उनकाे ‘इन्टरनेशनल भिलेजर’ र ‘देसी कलाकार’ पछि हनीको तेस्रो एल्बम ‘हनी सिंह ३.०’ रिलिजको तयारीमा छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया