एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता
करण, ज्ञानेन्द्र र प्रतिशलाई बेन्चमा राखियो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले पहिलो सफलता पाएको छ । मलेसियाविरुद्ध नेपालका लागि गुलशन झाले मोहम्मद आमिरको विकेट लिएका हुन । झाले ५ ओभर ५ बलमा आमिरको विकेट लिएका हुन् ।
मलेसियासँग टस हारेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो ।
मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई बेन्चमा राखिएको छ ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।
मलेसियाको प्लेइङ ११ मा अहमद फाइज, वीरनदीप सिह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत छन् ।
















अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया