एसीसी प्रिमियर कपमा नेपालको पहिलो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपाल मलेसियामाथि ६ विकेटले विजयी भएको हो ।
नेपालले २३६ रनको लक्ष्य ३६.२ ओभर खेल्दै चार विकेट गुमाएर पूरा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नौ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ४० बल खेल्दै नटआउट ७० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले तीन बल खेल्दै पाँच रन बनाए । यस्तै, भीम सार्कीले ९८ बल खेल्दै ७१ रन बनाए । कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट हुँदा आशिफ शेखले एक रन बनाए ।
मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे । फैजले ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे । खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए भने १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए ।
यस्तै, नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।









सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
मेयर बालेनका बुवाकाे निधन
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया