नेपाली नर्सका लागि साउदी अरब उत्कृष्ट गन्तव्य
निःशुल्क रुपमा जान पाईने, कमाई एक लाख २० हजारदेखि दुई लाख रुपैयाँसम्म

काठमाडौँ । पछिल्लो समय नेपाली नर्सकालागि साउदी अरब रोजगारीको नयाँ गन्तव्य बन्दै गएको छ । हालसम्म साउदी अरबका बिभिन्न अस्पतालहरुमा छ सय नेपाली नर्सहरू कार्यरत छन् । नेपालबाट साउदी जाने नर्सहरूले एकलाख २० हजारदेखि दुई लाख रुपैया“सम्म कमाउन सफल भएका छन् ।
नेपाली नर्सलाई साउदी अरबस्थित मल्टि–नेश्नल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुप (एचएमजी) ले यो वर्ष दुई सय नेपाली नर्सको माग गरेको छ ।
उक्त अस्पताल व्यवस्थापनले बढ्दो संख्यामा सेवा प्रदान गर्न थप नर्सको आवश्यकता बढेपछि यो निर्णय गरेको हो । अस्पतालले आफ्ना बिरामीहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेकाले नेपाली नर्सको माग बढ्दै गएको छ । सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका बिभिन्न अस्पतालमा कार्यरत रहेका छन् । साउदीका अस्पतालमा हाल एक हजार ९ सयभन्दा बढी शैया, १३ हजार कर्मचारी र दुई हजार ७ सय ५० कन्सल्टेन्ट चिकित्सकहरुले बिरामीको सेवा प्रदान गरिरहेका छन् ।
उक्त अस्पतालले बिगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी प्रदान गर्दै आईरहेको छ ।

डा.सुलिमान अल हबिब अस्पतालले थप नेपाली नर्सहरूको माग गरेको छ । अस्पताल व्यवस्थापनले उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न शत प्रतिशत निःशुल्क भर्ती गर्ने निर्णय गरेको छ । साउदी अरेबियाको सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । यद्यपि, अस्पतालले अब एनएनसी लाइसेन्स भएका नर्सिङका नयाँ स्नातकहरूलाई अवसर प्रदान गरिरहेको छ ।
अस्पतालले एक वर्षको ओपन डाउन टिकट, पूर्ण रूपमा सुसज्जित आवास, शत प्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने छ । नर्सहरूका लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च बहन पनि अस्पतालले नै गर्नेछ । फ्रेस नर्सहरुका लागि नर्सिङमा आफ्नो करिअर सुरु गर्ने र विश्व–स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर हो ।
डा. सुलेमान अल हबीब अस्पताल समूह आफ्ना बिरामीहरूलाई असाधारण स्वास्थ्य सेवाहरू प्रदान गर्न समर्पित रहेको छ । अस्पताल आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाह गरिएको सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ । आउने मे २० मा डा. सुलेमान अल हबिब मेडिकल ग्रुपका भाईस प्रिसिडेन्ट प्रोफेसर डाक्टर सुलेमान ए.अल–माजिद नेपाल भ्रमण गर्ने तयारीमा छन् ।

उनले नेपाल सरकार, नेपालका हस्पिटल तथा कलेजमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बालकृष्ण श्रेष्ठले बताए । ‘डाक्टर सुलेमान नेपालप्रति एकदमै सकारात्मक व्यक्ति हुन्,’ श्रेष्ठले भने, ‘नेपालबाट गएका नर्सहरुको कामबाट हामी प्रभावित छौं । अन्य देशबाट आउने नर्सको दा“जोमा नेपाली नर्स काममा एकदमै मिहिनेती, कामप्रति समर्पित पायौं ।’
मनास्लु इन्टरनेश्नल सर्भिसले बुधबार नयाबानेश्वरको प्रेस्टिजियो फुड्स– पिज्जा बर्गर, कफीमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो बताएको हो ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया