आईपीएलः राजस्थानमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
गएराती जयपुरमा सम्पन्न खेलमा लखनउले राजस्थानलाई १० रनले पराजति गरेको हो ।
लखनउले दिएको १५५ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १४४ रन मात्र बनाएपछि खेल १० रनले हारेको थियो ।
राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ४४ रन बनाए भने जस बटलरले ४० रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले २६ र रियाँ परागले १५ रन बनाएका थिए ।
त्यसैगरी लखनउका बलर आभेस खाँले ३ र मार्कस स्टोइनिसले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
लखनउका लागि कील मायर्सले सर्बाधिक ५१ रन बनाए भने कप्तान केएल राहुलले ३९ रन बनाए । त्यस्तै निकोलस पुरनले २९ र मार्कस स्टोइनिसले २१ रन बनाए ।
त्यसैगरी राजस्थानका बलर आर आश्विनले २ विकेट लिए भने जासन होल्डर, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।
यो जितपछि लखनउको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै ६ खेलमा ८ अंक नै रहेको राजस्थान रनरेटको आधारमा शिर्ष स्थानमा रहेको छ ।
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया